सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बढ्यो

-


     मर्दी न्युज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


पोखरा । साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै शुक्रवारको तुलनमा तेजाबी सुनको मूल्य ९८ हजार १ सय रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा शुक्रवार चाँदीको भाउ पनि ६० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार २ सय ९५ रुपैयाँ कायम भएको चाँदीको भाउ शुक्रवार एक हजार ३ सय ५५ रुपैयाँ पुगेको छ ।