
काठमाडौं, ३० साउन । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन ।
यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि चौतारा लगिएको छ ।
यसैबीच जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार घटनास्थलमा परेकाहरूको उद्धारका लागि केहीबेरअघि नेपाली सेनाको एउटा हेलिकप्टर पुगेको छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ । राससका अनुसार जिल्लास्तरबाट पनि घटनास्थलमा टोली जाँदै छ ।








