कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ९९ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ३० साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । शुक्रवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

थप भएका मृतकमा मोरङ, सिराहका एक/एक जना पुरुष र बाराका २ जना पुरुष गरी ४ जना रहेका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९९ पुगेको छ ।

नेपालमा आईसीयूको क्षमता संख्या ९ सय ४२ छ भने भेन्टिलेटर ४ सय ९६ रहेको प्रवक्ता गौतमले जानकारी दिए । शुक्रवारसम्म ९८ जना आईसीयूमा उपचारत छन् भने ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको उनले जानकारी दिए ।



Tags: