
सन थापा
जापान, अगष्ट १४ । जापानमा हालसम्म कोरोना संक्रमणबाट १ हजार ९९ को मृत्यु भएको छ । शुक्रबार ओसाकामा पाँच, ओकिनावा, ह्योगो, मियाजाकी र चिबामा एक÷एक जना गरी थप नौ जनाको मृत्यु भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी शुक्रबार १ हजार ३ सय ५८ जना कोरोना संक्रमित पुष्टि भएको छ । देशभित्र संक्रमित ५३ हजार ९ सय ६१ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५४ हजार ६ सय ७३ जना पुगेको छ ।
राति ११ बजेसम्मको अपडेट अनुसार २ सय ११ जना गम्भीर बिरामी छन् भने ३८ हजार १ सय ३८ जना निको भएको एनएचकेले जनाएको छ । टोकियोमा ३ सय ८९ जना थपिएर संक्रमित संख्या १७ हजार ६९ जना पुगेको छ । त्यस्तै ओसाकामा संक्रमितको संख्या १ सय ९२ जना थपिएर ६ हजार ५ सय ४७ जना पुगेको छ । आईचीमा १ सय १७ जना थपिदै संक्रमित संख्या ३ हजार ६ सय ३७ जना पुगेको छ।
त्यस्तै खानागावामा ३ हजार ५ सय ९३ जना पुगेको छ, यहाँ ८८ जना थपिएको हो । फुकुओकामा १ सय २५जना थपिदै ३ हजार ४ सय ८४ जना पुगेको छ भने साईतामामा ३ हजार १ सय १०जना संक्रमित संख्या पुगेको छ। यहाँ ५६ जना थपिए । चिबामा ५१ जना थपिएर संक्रमित २ हजार ३ सय ४१ जना पुगेको छ ।
त्यसैगरी ह्योगोमा १ हजार ८ सय १० र होक्काईदोमा १ हजार ६ सय ५ जना पुगेको छ । ह्योगोमा ३४ र होक्काईदोमा १२ जना संक्रमित थपिए । सबैभन्दा दक्षिणमा अवस्थित ओकिनावामा १ सय ६ संक्रमित थपिएर जम्मा संख्या १ हजार ५ सय १० पुगेको भने क्योतोमा ३० जना थपिदै १ हजार ९१ जना पुगेको छ। ४७ प्रान्तमध्ये अन्य प्रान्तहरूमा १ हजारभन्दा कम संक्रमित छन् ।