
पोखरा, ३१ साउन । गण्डकी प्रदेशमा शनिवार बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य निर्देशनालयको शनिवार बिहान ७ः३० जारी गरेको अद्यावधिक विवरण अनुसार प्रदेशका ६ जिल्लाका १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कास्की, तनहुँ, बागलुङ, गोरखा, स्याङ्जा र नवलपुर जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ५ र ८ का ३९ र ३५ वर्षका पुरुष र वडा नं. ८ कै १५ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै तनहुँको भानु नगरपालिकाका २ र ४ नम्बर वडाका ३० र ६१ वर्षीय पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका ५४ वर्षीय पुरुष र बडिगाड ६ का ३८ वर्षीय पुरुष, गोरखाका ४७ वर्षीय महिला रहेका छन् ।
त्यस्तै स्याङ्जा पुतलीबजार नगरपालिका १३ का ३० वर्षीय पुरुष र नवलपुर मध्यविन्दु नगरपालिका ८ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित व्याक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा राखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ९२ पुगेको छ ।


