पोखरामा थप ८ जनामा कोरोना पुष्टि, गण्डकी संक्रमितको संख्या १७ सय पुग्यो

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित


पोखरा, ३१ साउन । पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालयको शनिवार बिहान ११ः३० जारी गरेको अद्यावधिक विवरण अनुसार कास्कीको पोखरामा ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका वडा नं. १ का २५ वर्षका दुई जना पुरुष, १४ नम्बर वडाका ३१ र ३२ वर्षीय दुई पुरुष, १० का १८ वर्षीय युवक, २७ का १८ र ३० वर्षीय पुरुष र १७ का ४० वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १७ सय पुगेको छ ।
आजै शनिवार बिहान क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ५ र ८ का ३९ र ३५ वर्षका पुरुष र वडा नं. ८ कै १५ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको थियो ।
अहिले देखा परेका संक्रमित व्याक्तिहरुलाई जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।



Tags: