पोखराका १ सहित गण्डकी प्रदेशमा ३ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित


पोखरा, ३१ साउन । गण्डकी प्रदेशमा तीन जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालयको शनिवार दिउँसो ३ः१५ बजे जारी गरेको अद्यावधिक विवरण अनुसार प्रदेशका ३ जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरु कास्की, बागलुङ र पर्सा जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं २७ का ४१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै बागलुङको बागलुङ नगरपालिका १० की ३८ वर्षीया महिला रहेका छन् । त्यस्तै पर्साका ठेगाना नखुलेको ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ३ पुगेको छ ।

यसभन्दा अघि बिहान र मध्यान्ह गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने यो ३ सहित प्रदेशमा २१ जना आज मात्रै संक्रमण पुष्टि भएको छ ।



Tags: