
पोखरा, ३२ साउन । पोखरामा आइतबार फेरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान मात्र पोखरामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा कास्की र तनहुँ जिल्लाका गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य निर्देशनालयको आइतबार बिहान ९ः३० बजे जारी गरेको अद्यावधिक विवरण अनुसार प्रदेशका कास्कीका पोखरा महानगरपालिकाका ५ जनामा र तनहुँका व्यास नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ८, ३२, २८, २६ का ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिनेमा पोखराका ३८ देखि ८६ वर्षका छन् ।
यस्तै तनहुँको व्यास नगरपालिका १ का ९ वर्षीय बालक र ४० वर्षीय पुरुष र १३ वर्षीया बालिका र ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७ सय १८ पुगेको छ ।
संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
