
फाइल तस्विर
पोखरा, १ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहट, मोरङ र काठमाडौंका १÷१ जना गरी थप ३ जनाको मृत्यु भएको हो ।
मृत्यु भएकाहरुमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले बताए ।