
ललितपुर । पाटन अस्पतालमा उपचारका क्रममा सोमबार साँझ दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र धनुषाका एक-एक जना गरी दुई पुरुषको मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको हो ।
त्यस्तै साउन २५ गतेदेखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय ललितपुरले जनाएको छ।


