
काठमाडौँ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् ।
उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्।
आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020