पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुने महिलाहरुमा सुनसरीका ७४ वर्षीया, काठमाडौंका ७२ वर्षीया, बाराका ४७ वर्षीया र मोरङका ६२ वर्षीया गरी ४ महिला रहेको जानकारी दिए ।

त्यसैगरी सुनसरीका ६०, महोत्तरीका ६२ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, महोत्तरीका ३५ र ७० वर्षका गरी २ जना, भक्तपुरका ६५ वर्षीय, नवलपुरका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षका गरी २ जनासहित १० जना पुरुषहरुको मृत्यु भएको छ ।

योसँगै मृतकको कुल संख्या २२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: