
पोखरा । यही भदौ १२ गते शुक्रबार बेलुका बीबीसी नेपाली सेवामा पर्यटन बोर्डका प्रमुखले व्यक्त भनाईप्रति ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघको पनि आपत्ति रहेको छ ।
बीबीसीका रमा पराजुलीले चलाएको बहस कार्यक्रममा बोलेका केही अभिव्यक्तिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी विवादमा तानिएका छन । खासगरी पदयात्रा तथा पर्वतीय पर्यटन व्यवसायी र मजदुर लक्षित भनाइप्रति पर्यटनसँग सम्बद्ध संघसंस्थाका प्रतिक्रिया आउने क्रमजारी छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का केन्द्रीय अध्यक्ष खुमबहादुर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्ति तथा विभिन्न मजदुर संगठनका अध्यक्षहरुको भनाइ सहितको समाचार मर्दी न्युजले आज दिउसो नै प्रकाशित गरेको थियो ।
यसैबीच, पर्यटन व्यवासायीहरुको प्रतिष्ठित र पुरानो संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले पनि टान केन्द्रीय कार्यालयको विज्ञप्तिसंग ऐक्यवद्धता जनाउँदै आज एक विज्ञप्ति प्रकाशित गरेको छ । अध्यक्ष हरि भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल पर्यटन बोर्डका प्रमुखद्वारा व्यक्त भनाई र विचारप्रति संघले घोर आपत्ति जनाएको छ ।
अध्यक्ष हरि भुजेलद्वारा जारी विज्ञप्तिको पूर्ण पाठः
