बागलुङ र गोरखामा गरी गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ भदौ । गण्डकी प्रदेशको बागलुङ र गोरखामा गरी थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालले आइतबार साँझ ७ः३५ बजे जारी गरेको विज्ञप्तिअनुसार बागलुङका २ जना र गोरखाको १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग उपचार केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बागलुङका दुई जना र गोरखाका १२ जना गरी १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ३७ पुगेको निर्देशनालयले जनाएको छ ।

सबै संक्रमित कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको र सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।



Tags: