भदौ मसान्तसम्म आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा रोक

-


     मर्दी न्युज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


काठमाडौँ । सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदाैभर रोक लगाएको हो। 

अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णयलाई भदौ १५ गतेसम्म स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्‍चालन गर्ने अनुमति दिइसकेको छ ।

त्यसैगरी चीनको ल्हासाका लागि महावाणिज्यदूतमा सहसचिव नवराज ढकाल र हङकङ र मकाउका लागि महावाणिज्यदूतमा सहसचिव उदय रानामगर लाई पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।