फेवासिटी अस्पतालमा उपचाररत महिलासहित गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


पोखरा, १५ भदौ । पोखराको फेवासिटी अस्पतालमा उपचाररत लमजुङकी एक महिलासहित गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा तथा भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

आज सोमवार कोरोनाभाइरस संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका ६ का ७३ वर्षीय पुरुष सहित, वडा नम्बर ८ का ५५ वर्षीय तथा वडा नम्बर १५ का ५६ वर्षीय पुरुष गरी ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै लमजुङको बेसीसहर नगरपालिका १० का ७१ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेकी छिन् ।

त्यस्तै तनहुँको भानु नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यता गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ का ३२ र ३६ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुवै महिलालाइ चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार १ सय ४४ पुगेको छ ।



Tags: