कोरोनाका कारण ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, १५ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । देशभर आज थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २२८ पुगेको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको बताए । मृतकमा गोरखाका ६५ वर्षीया र रुपन्देहीका ६८ वर्षीया गरी २ महिला रहेका छन् । यस्तै झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षका ४ जना पुरुषको मृत्यु भएको उनले बताए ।



Tags: