
पोखरा, १५ भदौ । गण्डकी प्रदेशको लमजुङका ६ जना र गोरखाका २ जनामा गरी थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार तेश्रो पटक जारी विज्ञप्ति अनुसार लमजुङका ३ महिला र ३ पुरुष गरी थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा लमजुङ बेसीशहर नगरपालिका १० का ४५ वर्षीय पुरुष, ८ का ३५ वर्षीय पुरुष र ११ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । त्यस्तै जिल्लाकै बेसीशहर २ की ३० वर्षीया र ७ की २१ र २८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गोरखा जिल्लाको गोरखा नगरपालिका २१ वर्षीय युवक र १३ की १२ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ६५ पुगेको छ ।

