
एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । पूर्वराष्ट्रपति मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।
उनका छोराले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।
पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो भने उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
With a Heavy Heart , this is to inform you that my father Shri #PranabMukherjee has just passed away inspite of the best efforts of Doctors of RR Hospital & prayers ,duas & prarthanas from people throughout India !
— Abhijit Mukherjee (@ABHIJIT_LS) August 31, 2020
I thank all of You 🙏