
काठमाडौं । सरकारले भदौ १६ गतेदेखि सुरु गर्ने भनिएका सार्वजनिक यातायात र आन्तरिक उडान असोज १ गतेसम्मका लागि सारेको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विगतको निर्णयलाई संशोधन गर्दै सरकारले असोज १ बाट मात्र सुरु हुने जानकारी दिए ।
उनले सरकारले जारी गरेका संक्रामक रोग ऐन, २०२० अनुसार अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन असोजसम्म पर सरेको हो । ‘संक्रमण जोखिम कायमै रहेकाले त्यस्तो सेवा अहिले नै सञ्चालन गर्न जोखिममुक्त रहेकाले त्यसलाई असोज १ सम्म सारिएको हो,’ उनले भने ।
आन्तरिक हवाई उडान पनि असोज १ गतेसम्म सारिएको छ । ‘पर्यटन मन्त्रालयले तोकेको मापदण्डअनुसार आन्तरिक, व्यवसायिक उडानहरु भदौ १६ देखि भनिएकोमा असोज १ गतेसम्मका लागि सारिएको छ,’ सरकारका प्रवक्तासमेत रहेका डा. खतिवडाले भने ।