
सन थापा, जापान ।
अगष्ट ३१ । सोमबार ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जापानभित्र संक्रमित भएका ६८ हजार ५ सय १६ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६९ हजार २ सय २८ जना पुगेको छ ।
सोमबार ओसाकामा चार, टोकियोमा तीन, फुकुओकामा दुई, ओकिनावा, नारा, साईतामा प्रान्तमा एक–एक जना गरी १२ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्म १ हजार ३ सय ११ जना पुगेको छ िराति १० बजेसम्मको अपडेट अनुसार २ सय ३६ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
संक्रमित संख्या उच्च भएका ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २० हजार ८ सय १७ जना, ओसाकामा ८ हजार ५ सय ४४ जना, खानागावामा ४ हजार ९ सय ६१ जना, फुकुओकामा ४ हजार ५ सय ९८ जना, आईचीमा ४ हजार ५ सय ४५ जना, साईतामामा ३ हजार ९ सय २६ जना पुगेको छ । यी प्रान्तमा क्रमशः १ सय , ५३, ५०, ३० , ४२ र २५ जना संक्रमित थपिए ।
त्यसैगरी चिबामा ३ हजार ३६ जना, ह्योगोमा २ हजार २ सय ७६ जना, ओकिनावामा २ हजार १ सय ३९ जना, होक्काईदोमा १ हजार ७ सय ८१ जना र क्योतोमा १ हजार ४ सय ५२ जना पुगेको छ । चिबामा १७, ह्योगो र होक्काईदोमा आठ–आठ, ओकिनावामा २३ र क्योतोमा चार जना संक्रमित थपिए ।