
पोखरा, १६ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ९८ हजार ६१९ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख २८ हजार १२ जना पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३९ लाख ८ हजार २७२ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा ३६ लाख २१ हजार २४५ जना पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ४९ हजार ३१ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ८३ हजार ५६३ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख २१ हजार ३८१ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको मेक्सिकोलाई उछिन्दै भारत तेस्रो स्थानमा छ । भारतमा ६४ हजार ४६९ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । मेक्सिकोमा ज्यान गुमाउनेको संख्या ६४ हजार १५८ जना रहेको छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ६७ लाख ३६ हजार ४८४ जना रहेको छ ।