
पोखरा, १६ भदौ । गण्डकी प्रदेशको लमजुङका २६ जना, नवलपुर पूर्वका १० जना, बाग्लुङका १ जना र कास्कीका २ जनामा गरी थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार जारी विज्ञप्ति अनुसार लमजुङ बेसीसहरका १४ दिने नाबालक सहित १० महिला र १५ पुरुष गरी थप २६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै नवलपुर (पूर्व बिनय त्रिबेणी) देबचुलीका ७ महिला र ३ पूरुष गरि १० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यसै गरि बाग्लुङका १ जना पूरुष र कास्कीका १ जना महिला र १ जना पूरुष गरि २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय २२ पुगेको छ ।