
कोरोना संक्रमणको कारण चितवन र पर्सामा थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्जका ५३ वर्षीय पुरुष, चितवन भरतपुर ११ की १८ वर्षकी युवती, ६५ वर्षीय पुरूष तथा खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला छन्।
वीरगञ्जमा सोमबार राति मृत्यु भएका ५३ वर्षीय पुरुष विगत १७ दिनदेखि नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत थिए । उनी वीरगन्ज महानगरपालिका २० का बासिन्दा हुन्।
त्यस्तै भरतपुर अस्पतालमा सोमबार दिउँसो तीन जनाको केही समयको फरकमा मृत्यु भएको थियो।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको हो। उनका अनुसार सोमवार दिउँसो एक बजेदेखि साढे तीन बजेको बीचमा उनीहरु तीन जनाको भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै निधन भएको हो ।
उनीहरुको अवस्था चिन्ताजनक रहेको र अन्य अस्पतालमा शय्या र आईसीयू नभएपछि भरतपुर अस्पताल लगेको मृतकका आफन्तहरुले बताए ।