आँबुखैरेनीका जीपचालकलाई कोरोना संक्रमण, गण्डकीमा संक्रमितको संख्या २२१० पुग्यो

-


     मर्दी न्युज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित


पोखरा, १६ भदौ । तनहुँ आँबुखैरेनी–३ का २९ वर्षीय जीप चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलवार जारी तेस्रो विज्ञप्तिअनुसार २९ वर्षीय जीप चालकसहित पर्वत जलजला–७ का ३७ वर्षीय पुरुष गरी २ जनामाकोरोना पुष्टि भएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ । पर्बत जलजला–७ का संक्रमित व्यक्ति कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेको व्यक्ति भएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

यसअघि निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार तनहुँ भानु–७ का ५२ वर्षीय पुरुषमा, पोखरा महानगरपालिका–७ का गरिमा विकाश बैंक, डुम्रे तनहुँ शाखामा कार्यरत २७ वर्षीय युवक र व्यास नगरपालिका–५ का हुलाक सेवा, तनहुँ अन्तर्गत कार्यरत २३ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



Tags: