
पोखरा । पोखरामा २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १० अन्नपूर्णटोलका ५५ वर्षीय हरिबहादुर गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार गत भाद्र १२ गते रातको समयमा डर र धाकधम्की देखाई युवतीलाई बलात्कार गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको हमालले बताए ।
गुरुङ भूतपूर्व भारतीय सैनिक भएको खुलेको छ ।
गुरुङलाइ जवरजस्ती करणी मुद्दमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
हिजो सोमवार मात्र पोखरा रामबजारकी ९ वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा अर्का आरोपीत भारतीय भूतपूर्व सैनिकलाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।