
सन थापा, जापान ।
सेप्टेम्बर १ । जापानमा मंगलबार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जापानभित्र संक्रमित भएका ६९ हजार १ सय ५४ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६९ हजार ८ सय ६६ जना पुगेको छ ।
यसैगरी ओसाका र आईचीमा तीन(तीन जना, टोकियो, साईतामा, खानागावा, फुकुओका, नागानो, सिगा र ओईता प्रान्तमा एक–एक जना गरी १३ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । राति १० बजेसम्मको अपडेट अनुसार योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्म १ हजार ३ सय २६ जना पुगेको छ । २ सय ३४ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
त्यसैगरी निको हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ गरी कूल ५८ हजार ४ सय ८२ जना पुगेको छ ।
यी हुन् उच्च संक्रमित संख्या भएका ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २० हजार ९ सय ८ ७ जना, ओसाकामा ८ हजार ६ सय ५६ जना, खानागावामा ५ हजार १९ जना, फुकुओकामा ४ हजार ६ सय ३६ जना, आईचीमा ४ हजार ५ सय ६९ जना, साईतामामा ३ हजार ९ सय ७२ जना पुगेको छ । यी प्रान्तमा क्रमशः १ सय ७०, १ सय १४, ५९, ३८ , २४ र ४६ जना संक्रमित थपिए ।
त्यसैगरी चिबामा ३ हजार ५४ जना, ह्योगोमा २ हजार २ सय ९७ जना, ओकिनावामा २ हजार १ सय ३९ जना, होक्काईदोमा १ हजार ७ सय ९७ जना र क्योतोमा १ हजार ४ सय ७४ जना पुगेको छ । चिबामा १८, ह्योगोमा २१ होक्काईदोमा १६ र क्योतोमा २२ जना संक्रमित थपिए ।

