पोखरामा २० प्रहरीसहित गण्डकी प्रदेशमा ३५ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा आज बुधवार २० प्रहरीसहित २३ मा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार पोखरामा आज २३ जनामा कोरोना संक्रमण भएको हो ।

त्यस्तै संक्रमित हुनेमा पार्कल्याण्ड अस्पताल अमरसिंहचोकको स्वास्थ्यकर्मी पनि रहेका छन् । पोखरा महानगरपालिका १४ मा २ र १३ नं. वडामा एक जना संक्रमित थपिएका छन् ।

यसैगरी लमजुङका ४ जना र नवलपुरका ७ जना गरी गण्डकी प्रदेशमा ३५ जना संक्रमित थपिएका छन् । त्यसैगरी पछिल्लो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा तनहुँका थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या २ हजार २ सय ४६ पुगेको छ। तनहुँको ब्यास नगरपालिका ६ घर भइ उनी हाल पोखराको अमरसिंङमा बस्दै आएका उनी डोजर व्यवसायी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।



Tags: