गण्डकी प्रदेशका ५ जिल्लका गरी थप १८ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ भदौ । गण्डकी प्रदेशका ५ जिल्लका गरी थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले आज बुधवार जारी गरेको तेस्रो विज्ञप्तिअनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङका १४, नवलपुरका १, कास्कीका १ तनहुँका १ र स्याङ्जाका १ गरी १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

सबै संक्रमित कन्ट्याक ट्रेसिङमा परेको स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ६४ पुगेको छ । गण्डकीमा १७ सय १२ संक्रमित निको भएका छन् भने १४ को मृत्यु भएको छ।



Tags: