
सन थापा, जापान ।
सेप्टेम्बर २ । जापानमा कोरोना संक्रमण (कोभिड–१९) हुनेको संख्या योकोहामा पानीजहाजका संक्रमित यात्रु ७ सय १२ सहित कूल ७० हजार ४ सय ५५ जना पुगेको छ ।
बुधबार थप ५ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आईचीमा तीन जना, ओसाका र क्योतोमा दुई–दुई जना, फुकुओका, नागानो, ओकिनावा, होक्काईदो, ईसिखावा, ईबाराकी र नारा प्रान्तमा एक–एक जना गरी १४ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । राति १० बजेसम्मको अपडेट अनुसार योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्म १ हजार ३ सय ४० जना पुगेको छ ।
२ सय २५ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी निको हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ गरी कूल ५९ हजार ८७ जना पुगेको छ ।