
पोखरा, १८ भदौ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार पोखराका २९ जनासहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरामा २९ र तनहुँमा २ गरी गण्डकी प्रदेशमा ३१ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै प्रदेशभर संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ । संक्रमित सबै व्यक्तिहरू कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
