
पोखरा । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशको नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा नवलपुरको गैंडाकोट ५ का २८ वर्षीय, ९ का ६६ वर्षीया र ७ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ११ पुगेको छ । सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।