नेकपा सचिवालयको बैठक जारी

-


     मर्दी न्युज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ । सचिवालय बैठक आज विहान एघार बजे बस्ने तय भएकोमा त्यसलाई सारेर आज दिउँसो ३ बजेलाई तोकिएको बैठक केहीसमय अगाडि शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

यसअघि हिजो पनि पार्टी अधयक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

आजको सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदन र राष्ट्रियसभाको रिक्त स्थानमा मनोनयनका बारेमा समेत छलफल हुनसक्ने बताइएको छ ।

कार्यदलले प्रतिवेदन बुझाएपछि यसअघि तय भएको बैठक कोरोना सङक्रमणको जोखिमका कारण सारिएको थियो ।।