
स्याङ्जा । स्याङ्जा जिल्ला प्रशासनले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै आज राती १२ बजेदेखि भदौ ३१ गते रातिसम्म लम्ब्याएका छन् । निषेधाज्ञा लगाइएको दुई साता बित्दा पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी रहेकाले भदौ अन्तिमसम्म लम्ब्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा बिहीबार जारी गरेको आदेशमा यसअघि रोक लगाइएका कतिपय क्षेत्र सर्तसहित खोल्न पाइने उल्लेख गरिएको छ ।

प्रशासनले आज जारी गरेको आदेशअनुसार स्वास्थ्य मापदण्ड पालना गरेर उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाउनेछन् । दैनिक उपभोग्य वस्तु बिक्री तथा ढुवानी, निर्माण सामाग्रीलगायतका ढुवानी गर्न दिइने समय बिहान ६ बजेदेखि ९ बजेसम्म तोकिएको छ ।
