
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।
बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् ।
