
पोखरा । गण्डकी प्रदेशमा आज शुक्रवार फेरि ४३ जनामा कोरोना संक्रमित थपिएका छन् । यसअघि निर्देशनालयले बिहान जारी गरेको विज्ञप्तिअनुसार ४० जना संक्रमित थपिएका थिए । योसँगै आज मात्र गण्डकी प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थपिएका ४३ जना मध्ये १ जना पोखरा महानगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरुष हुन् । बाँकी मनाङका १, स्याङ्जा १, गोरखा १६ र नवलपुरका २४ गरी ५ जिल्लाका छन् ।
अहिले थप भएको संक्रमितमध्ये सबै भन्दा धेरै नवलपुरमा थपिएका छन् । नवलपुर पछि गोरखामा १६ जना थपिएका छन् ।
मनाङ, चामेका संक्रमित नेपाल प्रहरीमा कार्यरत हुन् भने अर्का गोरखा जिल्ला अजिरकोटका संक्रमित व्यक्ति भारतबाट आएका हुन् । अन्य सबै व्यक्तिहरू कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।


