गण्डकीमा कोरोना संक्रमितको संख्या २४०३ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित


पोखरा । गोरखामा फेरि ६ जना नयाँ कोरोना संक्रमितको पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले तेस्रोपटक जारी गरेको अध्यावधिक विवरण अनुसार गोरखाका ६ जनामा कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गोरखा जिल्लाको गोरखा नगरपालिका ६ का ३ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

निर्देशनालयले यस अघि जारी गरेको दोस्रो विज्ञप्तिअनुसार गोरखा जिल्लामा १६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै गोरखा जिल्लामा आज मात्रै २२ जना कोरोना संक्रमितको पुष्टि भएको छ । आज शुक्रवार मात्रै गण्डकी प्रदेशमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



Tags: