
पोखरा, १९ भदौ । पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज शुक्रवार संक्रमित हुनेहरुमा ४६४ जना महिला र ८९५ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा ७ हजार ४ सय ६२ सय जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १८ हजार ४ सय ४ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ७ लाख ४५ हजार ४ सय ९० जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा एक हजार ३ सय ५४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २५ हजार ५ सय ६१ रहेको प्रवक्ता डा गौतमले बताए ।

