कोरोनाका कारण गत २४ घण्टामा १४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित


पोखरा, १९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । देशभर आज थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको छ ।

शुक्रवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।

काठमाडौंमा मात्रै ८२, ६७ र २२ वर्षीया गरी ३ जना महिला छन् । त्यस्तै अर्का एक ३५ वर्षीया चितवनका गरी ४ महिला रहेका छन् । यस्तै पुरुषहरुमा सप्तरीका २ जना ५५ वर्षका रहेका छन् । यस्तै धनुषका ६५ वर्षीय, कास्कीका ३१ वर्षीया, प्यूठानका ५८ वर्षीय, नवलपुरका ३७, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षका पुरुषको मृत्यु भएको उनले बताए ।



Tags: