
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।
राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
अर्थमन्त्री युवराज खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो। राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि ६ महिना उनी मन्त्री भएका थिए ।
संविधान अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन पाउँदैन।