जापानमा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित


सन थापा

जापान । सेप्टेम्बर ४
जापानमा शुक्रबार ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जापानभित्र संक्रमित भएका ७० हजार ९ सय ९४ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७१ हजार ७ सय छ जना पुगेको छ ।

संक्रमणदर केही घटेको भएतापनि मृत्युदर भने घटेको छैन l शुक्रबार टोकियो र ओसाकामा चार-चार जना, इसिखावामा तीन जना, फुकुओकामा दुई जना, आईची, ह्योगो, नारा र यामानासी प्रान्तमा एक-एक जना गरी १७ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । राति ११ बजेसम्मको अपडेट अनुसार योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्म १ हजार ३ सय ६५ जना पुगेको छ l
संक्रमित मध्ये २ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी निको हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ गरी कूल ६१ हजार ७६ जना पुगेको छ ।

संक्रमित हटस्पट ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २१ हजार ४ सय ७५ जना, ओसाकामा ८ हजार ९ सय जना, खानागावामा ५ हजार २ सय ८४ जना, फुकुओकामा ४ हजार ७ सय ५५ जना, आईचीमा ४ हजार ६ सय ४८ जना, साईतामामा ४ हजार ७६ जना पुगेको छ l यी प्रान्तमा क्रमशः १ सय ३६, ७४, १ सय आठ, ३४, ३३, र २४ जना संक्रमित थपिए |
त्यसैगरी चिबामा ३ हजार १ सय ४६ जना, ह्योगोमा २ हजार ३ सय ३५ जना, ओकिनावामा २ हजार २ सय जना, होक्काईदोमा १ हजार ८ सय १४ जना र क्योतोमा १ हजार ५ सय ३६ जना संक्रमित संख्या पुगेको छ l चिबामा ३५, ह्योगोमा १३, ओकिनावामा २८, होक्काईदोमा पाँच र क्योतोमा २४ जना संक्रमित थपिए ।