कोरोनाका कारण गत २४ घण्टामा ९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २० गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । देशभर आज थप ९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २८० पुगेको छ ।

शनिवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् ।

मृतकमा मोरङका ४२ वर्षीया, मकवानपुरका ५२ वर्षीया र नवलपरासीका ३७ वर्षीया गरी ३ जना महिला छन् ।

यस्तै पुरुषहरुमा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय गरी ३ जना र रुपन्देहीका ४० वर्षीय गरी ६ जना पुरुषको मृत्यु भएको उनले बताए ।



Tags: