विपन्न परिवारलाई राहात वितरण

-


     मर्दी न्युज    
     भाद्र २० गते २०७७ मा प्रकाशित


स्याङ्जा । रिच फर नेपाल फाउण्डेसनको सहयोग तथा उद्यमशिल बचत तथा ऋण सहकारी संस्था, विरुवा, स्याङ्जाको समन्वयमा कोरोना भाइरस (कोभिड—१९) का कारण असहज परिस्थितिबाट प्रभावितलाई राहात वितरण गरिएको छ ।

जिल्लाका पुतलीबजार नगरपालिका पेल्काचौर १२ का दैनिक ज्याला, मजदुरी काम गरी आफ्नो जिविका चलाईरहेका अति विपन्न १६ घर परिवारलाई चामल, दाल, तेल, चिनी र नुन वितरण गरेको हो । कोभिड–१९ का कारण विपन्न परिवारहरुको आयआर्जन नभएकाले जनजीवन कष्टकर बन्दै गइरहेको हुँदा रिच फर नेपाल फाउण्डेसनसँग समन्वय गरी राहात वितरण गरिएको सहकारीका शेयर सदस्य खेमबहादुर गुरुङले बताए ।

उनले केही छुटेकाले दोस्रो चरणको लागि पनि पहल गर्ने बताए । राहात सामग्री ४० हजार रुपैयाँ बराबरको रहेको उनले जनाए ।

राहात वितरण पुतलीबजार नगरपालिका १२ का अध्यक्ष दूतप्रसाद गुरुङको उपस्थितिमा भएको थियो ।