
सन थापा
जापान । सेप्टेम्बर ५
जापानमा शनिबार ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ I जापानभित्र संक्रमित भएका ७१ हजार ५ सय ८५जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७२ हजार २ सय ९७ जना पुगेको छ ।
शनिबार साईतामामा तीन जना, ओसाकामा दुई जना, फुकुओका, होक्काईदो, ओकिनावा, ईसिखावा प्रान्तमा एक-एक जना गरी नौ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । राति १० बजेसम्मको अपडेट अनुसार योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्म १ हजार ३ सय ७४ जना पुगेको छ l
संक्रमित मध्ये २ सय १० जनाको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी निको हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ गरी कूल ६२ हजार १ सय चारजना पुगेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २१ हजार ६ सय ५६ जना, ओसाकामा ८ हजार ९ सय ७६ जना, खानागावामा ५ हजार ३ सय ५१ जना, फुकुओकामा ४ हजार ७ सय ८२ जना, आईचीमा ४ हजार ६ सय ८२ जना, साईतामामा ४ हजार ९८ जना पुगेको छ l यी प्रान्तमा क्रमशः १ सय ८१, ७६, २७,३४, र २२जना संक्रमित थपिए |
त्यसैगरी चिबामा ३ हजार १ सय ७४ जना, ह्योगोमा २ हजार ३ सय ३९ जना, ओकिनावामा २ हजार २ सय १० जना, होक्काईदोमा १ हजार ८ सय २४ जना र क्योतोमा १ हजार ५ सय ६१ जना संक्रमित संख्या पुगेको छ l चिबामा २८,ह्योगोमा नौ, ओकिनावामा २०, होक्काईदोमा १० र क्योतोमा २५ जना संक्रमित थपिए I