
पोखरा, २१ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज आइतबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ३९ हजार ७८२ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६२ लाख ४३ हजार ८४९ जना पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख ९२ हजार ८३२ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा ४० लाख २३ हजार १७९ जना पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ७६ हजार ९३८ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५०७ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख २५ हजार ५२१ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा ६९ हजार ५६१ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ७८ लाख ३४ हजार ८५६ जना रहेको छ ।

