पोखराका २० सहित गण्डकीमा ६९ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ भदौ । पोखराका २० जनासहित गण्डकी प्रदेशमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज आइतबार बिहान जारी विज्ञप्तिअनुसार अनुसार पोखराका २० जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा गरी ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पोखरामा २०, बागलुङमा ३, स्याङ्जा २२, लमजुङमा २, तनहुँमा ७, गाेरखामा २ र नवलपरासी (ब.सु.पू.)का १३ जना गरी गण्डकी प्रदेशमा ६९ जनामा कोरोना पुष्टि भएको हो ।

पोखरामा थपिएका २० जना मध्ये २ जना २० र २३ वर्षीया युवती अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत हुन् । त्यस्तै लमजुङ बेसीशहरका दुई जना रिलायन्स फाइनान्समा कार्यरत कर्मचारी हुन् ।

अन्य संक्रमितहरु भने कन्ट्याक ट्रेसिङमा पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै प्रदेशभर संक्रमितको संख्या २ हजार ५ सय १६ पुगेको छ ।



Tags: