कोरोनाका कारण गत २४ घण्टामा ९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । देशभर आज थप ९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २८९ पुगेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् । मृतकमा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया गरी २ जना महिला छन् ।

यस्तै पुरुषहरुमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, काठमाडौंका ७४, ६७ र ८५ वर्षीय र चितवनका ७० वर्षीय गरी ७ जना पुरुषको मृत्यु भएको उनले बताए ।



Tags: