
पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या २६०० पुगेको छ । भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा कास्की पोखरा महानगरपालिका–३० का ३० वर्षीय पुरुष रहेका छन् उनी भरतपुर अस्पताल, चितवनमा कार्यरत चिकित्सक हुने भने तनहुँ ब्यास–४ का २६ वर्षीय पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा डायलासीसका लागि आएको व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
भरतपुर अस्पतालमा कार्यरत चिकित्सकलाई सोहि अस्पतालको आईसोलेसन केन्द्रमा राखिएको छ भने तनहुँ व्यासका व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ निर्देशक शर्माले जनाए ।

