तनहुँमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


तनहुँ । तनहुँको ऋषिङ– १ खाल्टेमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जीप खोलामा खस्दा चालकसहित सातजना घाइते भएका छन् । घटनामा घाइतेमध्ये व्यास ५ निवासी ५५ वर्षका राजकुमार श्रेष्ठको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

श्रेष्ठको शरीर खोला छेउमा जीपले च्यापेको अवस्थामा उद्धार गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए । व्यास– ५ का स्थानीय चढेर चापाघाटबाट ऋषिङको खाल्टे जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप बिहान दिखोलामा खसेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

जीप चालकको अवस्था चिन्ताजनक छ । घटनाका घाइतेमध्ये केहीको रत्नहरि र दमौली अस्पतालमा उपचार भैरहेको छ । केहीलाई उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले बताए ।