कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित


काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमण भएपनि कोइरालाको स्वास्थ्य सामान्य रहेको र कहाँबाट कोरोना सरेको हो भन्ने थाहा नभएको कोइरालाका स्वकीय सचिव भरत तिवारीको भनाई छ ।